आफूलाई गुन्डानाइके कुमार घैटे समूहको सदस्य भन्दै राजधानीका व्यवसायीलाई धम्क्याएर पैसाा असुली गर्ने २ जना फत्राउ परेका छन् । आजको अन्नपूर्ण पोस्ट दैनिक लेख्छ, पक्राउ पर्नेमा बागलुङका रवि किस्मत उपनामका काजी किस्मत हमाल र बाबुराम भुसाल रहेका छन् ।
उनीहरुले चैत्रदेख हाल सम्म लाजिम्पाट र सामाखुसी क्षेत्रमा रहेका गार्मेन्ट एवं ह्रान्डीक्राफ्ट व्यवसायीलाई फोनमा धम्क्याएर ५० लाख देखि २ लाख सम्म असुल्दै आएका थिए ।