विराटचोकमा एक युवतीलाई सात दिनसम्म होटलमा बन्धक बनाएर योन शोषणा गरिएको खुलासा भएको छ । आजको कान्तिपुर दैनिक लेख्छ, पीडित युवतीले प्रहरीमा उजुरी दिएपछि घटना सार्वजनिक भएको हो । बन्धक बनाउने एक महिलासहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी बेलबारीका प्रहरी निरिक्षक दगाए प्रसाद दाहालका अनुसार मधुमल्ला ५ की जसनु मगरले आफ्नै गाँउकी युवतीलाई बजार घुमाइदिन्छु भन्दै भदौं २४ गते कोसी हरैचा नगरपालिकाको विराटचोक ल्याएकी थिईन । स्थानीय होटल आग्रहमा लगेर होटल साहु दिनेश श्रेष्ठको मिलेमतोमा जुनुले ती युवतीलाई बन्धक बनाएकी थिईन ।
सात दिनसम्म यौन सिकार भएकी युपवती बिहीबार भागेर प्रहरीकहाँ पुगेकी थिईन । आफूलाई एक रात शोषणा गर्नेबाट ४ हजार रुपैयाँसम्म लिएको युवतीले बताईन । प्रहरीका अनुसार जुनु, दिनेश र नरेन्द्रले ग्राहक बोलाउने र युवतीसँग शारीरिक सम्पर्क गर्न लगाउने गरेका थिए । ७ दिनमा उनिहरुले २२ जना ग्राहक ल्याएको स्वीकार गरेका छन् ।