राहदानी हराएको सूचना छाप्न कति रुपैयाँ लाग्छ सञ्चारकर्मीलाई फोन र भेटमा जनसाधारणले सोधिरहने एउटा प्रश्न हो, अलि सस्तोमा मिलाउन सकिँदैनु गृह मन्त्रालयले स्थानीय पत्रिकाुमै प्रकाशित गर्दा हुने प्रावधान राखे पनि राहदानी हराएकोु सूचना राष्ट्रिय दैनिक पत्रिकामै बढी छापिन्छ, यसबाट कतिपय सेवाग्राही ठगिन्छन् पनि।आजको नागरिक दैनिकमा समाचार छ ।
नहराएको राहदानी पत्रिकामा हरायो भन्न जति सजिलो छ, अर्को बनाउन र हराएकोुले हुन सक्ने क्षति रोक्न उत्तिकै मुस्किल। तैपनि राहदानी हराउने क्रम रोकिएको छैन। राज्यले नागरिकलाई प्रदान गर्ने महत्त्वपूर्ण र संवेदनशील कागजात हो– राहदानी, जुन विदेशयात्रामा जान चाहनेले निश्चित प्रक्रिया पूरा गरेपछि गृह र परराष्ट्र मन्त्रालयअन्तर्गतका निकायबाट हात पार्छन्।
जारी भएको १० वर्षसम्म मान्य हुन्छ राहदानी, नवीकरण गर्नुपर्दैन। तर, पत्रिका पल्टाउँदा एकै दिन दर्जनौं वटासम्म राहदानी हराएकोु सूचना देखिन्छ। हरेक जिल्लाको ठेगाना खुलेका राहदानी यत्तिको संख्यामा हराइरहँदा सरोकारवालाले भने वास्तविकता बुझ्न चाहेको देखिँदैन।
जारी गर्ने परराष्ट्र मन्त्रालय र हराएकोु पुष्टि गर्ने नेपाल प्रहरी हराएका राहदानी खोज्न र हराउने क्रम रोक्न मौन छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार पहाडी जिल्ला इलाममै छ वर्षभित्र झन्डै एक हजारवटा राहदानी हराइसकेका छन्। आर्थिक वर्ष २०६५र०६६ मा १६९, ०६६र०६७ मा १२९, ०६७र०६८ मा १४०, ०६८र०६९ मा १९२, ०६९र०७० मा २१९, ०७०र७१ मा १४४ गरी राहदानी हराउने ९ सय ९३ जनाको विवरण प्रहरी कार्यालयमा छ।
चालू आर्थिक वर्ष २०७१र०७२ को दुई महिनामै ६६ जनाले राहदानी हराएकोु विवरण प्रहरीमा बुझाएका छन्, त्यसमा महिलाको संख्या ९ छ। महिनामा २५र३० जना राहदानी हरायो भन्दै अर्को झिक्ने सिफारिस लिन आइपुग्छन्, कार्यालयको राहदानी शाखाका हवल्दार हेम आचार्य भन्छन्, हराउने यत्तिका भए पनि भेटिएको चाहिँ सुन्न पाइँदैन।