प्रधानमन्त्री सुशील कोइराला संयुक्त राष्ट्रसंघिय कुम्भमेलामा भाग लिन शुक्रबार न्यूयोर्क जाँदै छन। आजको कान्तिपुर दैनिक लेख्छ उनले न्यूयोर्क जाने क्रममा युनाईटेड अरब इमिरेट्सको अबुधावीमा अरब मुलुकमा रहेका नेपालका राजदूत तथा कार्यबाहकहरुलाई बोलाएर त्यहाको समस्या बुझ्ने र निर्देशन दिने कार्यक्रम छ ।
सम्वोधन कार्यक्रम शनिबारको लागि अबुधावी स्थित नेपाली दूतावासले तयारी गरेको छ ।
सार्कको निमन्त्रणा लिएर माल्दिभ्सबाट श्रीलंका पुगेका परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे पनि शुक्रबार अवुधावी पुग्नेछन् । प्रधानमन्त्री कोइराला नेतृत्व टोली अबुधावीमा संवोधन गरेर सोही दिन न्यूयोर्कप्रस्थान गर्नेछन् । आइतबार न्यूयोर्क पुग्ने र सोमबार स्वास्थ्यको परिक्षण गराएर उनी राष्ट्रसंघको बैठकहरुमा सहभागी हुनेछन् ।