आजको कान्तिपुर दैनिक लेख्छ, केही दिन अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुदै दुवइमा घरेलु कामदारका लागि जान लागेका २ युवती साँझ हनुमानढोका पुगे ।
दुबई उड्न ठिक्क परेका उनीहरु श्रम स्टिकर नक्कली भएको थाहा पाएपछि महानगरीय प्रहरी अपराध महाशाखा पुगेका हुन् । उनीहरुलाई पर्साका कृष्ण बिकले बिनापैसा दुवई पठाृन लागेका थिए । समूहमा रहेर जान लागेका ती युवती नक्कली कागजात भएको सुइँको थाहा पाएपछि हनुमानढोका पुगेका थिए ।
महाशाखाले बुधबार राति नै उक्त घरमा छापा मारेर विकलाई पक्राउ गर्नुको साथै त्यहाँ बन्धक बनाएर राखिएका ५ युवतीको उद्धारसमेत गरेको छ । महाशाखाका प्रमुख एसएसपी पुष्कर कार्कीले तस्करी गरेर खाडी मुलुक पठाउन तयारी गरिएको अवस्थामा पक्राउ गरेको बताए ।
उद्धार गरिएकाहश्र नवलपरासी, सिन्धुली र चितवनका महिला छन् ।