महिला तथा बालबालिका बेचबिखनबिरुद्ध सक्रिय समूहकी अध्यक्ष सुनीता दनुवारले विश्वबिख्यात रोमन म्यागासेसे अवार्ड पाएको एक वर्ष नबिप्दै अर्को अन्तर्राष्ट्रिय पुरस्कार जितेकी छिन् ।
आजको नागरिक दैनिक लेख्छ, सोफियोस्टेन्वेक फ्यामिली फाउन्डेसन र रिच फर चेन्ज नामक तीन संस्थाले बालअधिकार क्षेत्रमा निरन्त्र कार्य गरे वापत प्रदान गरिने अन्तर्राष्ट्रिय पुरस्कार सी अवार्ड नेपालबाट दनुवारलाई दिने निर्णय गरेका हुन् ।
मानव बेचविखन र व्यावसायिक यौन शोषणविरुद्ध प्रदान गरिने यो अर्वाड झन्डै १० लाख नेपाली रुपैयाँको छ । अवार्ड घोषणा सोमबार स्वीडेनको स्टकहोमबाट गरिएको हो ।