सर्वोच्च अदालतले महानगरपालिकाको सुन्दरतामा निखार ल्याउन जारी गरेको आदेश पालना भएको छैन ।
आजको नागरिक दैनिक लेख्छ, आदेश जारी भएको ढेड महिना बितिसक्दा पनि उचित कार्यान्वयन नभएको मुद्दा दायर गर्ने संस्था वातावरण विकास तथा संरक्षण मंचले जनाएको छ । साउन ७ गते मंचले काठमाडौं नगरसहित नौं सरकारी निकायविरुद्ध रिट दायर गरेको थियो ।
सर्वोच्चले साउन १४ गते महानगरको सुन्दरामा निखार ल्याउन तत्कालै विपक्षीको नाममा आदेश दिएको थियो ।