भावी संविधानमा देश टुक्रयाउन पाउने अधिकार राख्न माग राखेर तराईमा अभियान चलाउदै आएका डा.सिके राउत पक्राउ परेका छन् । नयाँ पत्रिका दैनिक लेख्छ सामाजिक सद्भाव विग्रने गतिविधिमा संलग्न भएको भन्दै उनलाई शनिवार दिउँसो मोरङ प्रहरीले पक्राउ गरेको हो ।
मोरङको रंगेलीमा स्थानीयलाई जम्मा गरेर राष्ट्रिय एकता विग्रने आसयको भाषण गरिरहेको सूचनाका आधारमा प्रहरीले डा. राउतलाई पक्राउ गरेको स्रोतले बतायो । मोरङ प्रहरीका डीएसपी प्रभु ढकालले राउतलाई पक्राउ गरेको पुष्टी गरे । ‘सामाजिक गतिविधि विगार्ने गतिविधि गरेको सूचनाका आधारमा पक्राउ गरेर अनुसन्धान थालेका छौं,’ उनले भने ।
यसअघि संविधानसभाको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिमार्फत राउतले ‘राज्यसँग छुट्टिन पाउनुपर्ने अधिकार’ आगामी संविधानमा उल्लेख गर्नुपर्ने सुझाव राखेका थिए ।