सरकारले प्रोत्साहन स्वरुप रकम उपलव्ध गराउने घोषणा गरेको भएपनि बारा जिल्लामा अन्तरजातीय बिवाहा गर्ने एक दम्पति गाउँबाट निकालिएको छ।
अन्तरजातीय बिवाह गरेको आरोपमा नरही गाविस ८ का २१ वर्षीय नबिजान मियाँ धुनिया र सोही गाउँकी १९ बर्षिय नितम चौधरी गाउँबाट निकालिएपछि डेढ बर्षदेखि जिल्लाको गढिमाई नगरपालिका ४ स्थित सिमरामा भाँडामा लिएर डेरामा बस्दै आएका हुन। आजको नेपाल समाचार पत्रमा खबर छापिएको छ।
तीन महिना अघि नितमले एक छोरीको जन्म समेत दिएकी छिन।
विबाह गरेर घर फर्किए लगत्तै नितमका बाबु जनक र काका उमेश चौधरीले नबिजानलाई गाउँ छोडेर अन्यत्र जान अन्यथा र जे पनि हुन सक्ने धम्की दिन थालेपछि घरमा बस्न नसकेर दुबैले गाउँ नै छोडेका हुन । माथिल्लो जातको केटीसँग बिवाह गरेको आरोपमा उनलाई गाउँ छोडन धम्काइएको हो। ' गाउँमा बस्न दिँदैनौ भन्दै धम्क्याउन थाले,' नविजानले भने, 'त्रासले बस्नै नसकेपछि घर छोडेर डेरामा बस्नुपर्यो।'