एउटा व्यक्ति जीवनमा प्रहरीबाट कतिपटक पक्राउ पर्न सक्छ ? अनि १७ वर्षमा ? काभ्रे पनौती भुमेडाँडाका १७ वर्षीय रवि तामाङ अहिलेसम्म ३५ पटक फत्राउ परिसकेको समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । चोरी डकैती, लुटमारजस्ता अपराधमा संलग्न तामाङले काठमाडौंका लगभग सबै हिरासत कक्षको स्वाद चाखिसकेका छन् ।
त्यसमध्ये सबैभन्दा धेरै हनुमानढोकामा १० दिन विताएका छन् । जुगाँको कालो रेखी भर्खरै देखिन लागेका उनी भन्छन्, काठमाडौंका प्राय सबै हिरासत कक्षमा पुगियो । प्रहरीको बुट खाइयो। सोफामा उत्तानो पारेर पैतालामा पाइपले हान्थे , ढाड निलडाम त कति बसे कत्ति । डेढ वर्षअघि प्रहरी फन्दामा परेयता विशालनगरस्थित सेल्टर हाउसमा रहेका तामाङले अवचाहि अपराध छोड्ने कबुल गरेका छन् । कुक सिकेर विदेश जाने उनको इच्छा छ ।