ड्युटीमा खटिएर गस्तीमा जाने प्रहरीले नै मादपदार्थ सेवन मापसे गर्ने पाइएको छ । यो सर्वसाधारणको गुनासो वा आरोप होइन, स्वंयम प्रहरी मुख्यालयकै अध्ययन सर्वेक्षण हो , आजको कान्तिपुर दैनिकमा समाचार छ । मुस्कानसहित सेवा दिने भन्दै जति नै तालिम र सेमिनार गरे पनि सर्वसाधारणले प्रहरीको सेवाबाट त्यसअनुसार प्रतिफल पाएका छैनन् ।
मुख्यालयले प्रहरी र नागकिबीचको सम्बन्धबारे गरेको सर्वेक्षणले चित्तबुझ्दो प्रहरी सेवा नपाएको देखाएको हो । मुख्यालयको अन्वेषण योजना निर्देशनालयले नौ जिल्लामा गरेको सर्वेक्षणले सरकारी काम लिएर सर्वसाधारण प्रहरी कार्यालय जाँदा केही प्रहरीहरु आर्थिक प्रभोलनमा फस्ने गरेको देखाएको छ ।