दसैं सुरु भइसकेपछि दक्षिण कोरिया जाने कामदारको भाषा परीक्षा हुने हुदाँ यो वर्ष मुख्य चाडका बेला उपत्यकाबाट बाहिरिने यात्रुको चाप बढ्ने भएको छ । आजको नागरिक दैनिक लेख्छ, सामान्य अवस्थामा पनि दसैंका बेला उपत्यकाबाट बारिहने यात्रुको चाप थामिनसक्नु हुन्छ । यो वर्ष इपिएस परीक्षा दिन ६२ हजार युवायुवती काठमाडौं आउने छन् । उनीहरु फर्कने समय पनि त्यही पर्ने भएकाले घटनस्थापनापछि बाहिरिन समस्या हुने छ । कोरियाली भायाा परीक्षाका लागि ६२ हजार २ सय १४ जनाले फारम भरेका छन् । यातायत व्यवस्था विभागले भने कुनै योजना बनाएको छैन् ।