मलेसियामा अवैधानिक रुपमा बसिरहेका नेपाली कामदारलाई सरकारले आगामी सातादेखि स्वदेश फर्काउने भएको छ । आजको नागरिक दैनिक लेख्छ, अवैधानिक रुपमा मलेसियामा काम गरिरहेकाहरु कुनै पनि बेला पक्राउन पर्न सक्ने हुदाँ नेपाली दुतावासले कोपरासी इमिग्रेसन मलेसिया बरहाड र नेपाली व्यवसायीको समन्व्यमा स्वदेश फर्काउन लागेको हो । मलेसिया सरकारले गैरकानुनी रुपमा बसेको भन्दै पक्राउ गरी जेल हालेका नेपालीलाई पनि चरुणबद्ध रुपमा उद्धार गरिने भएको छ ।
मलेसियास्थित नेपाली राजदुत निरन्जनमान बस्यान्तले अवैधानिक रुपमा रहेका नेपाली कामदारलाई स्वदेश फर्कने यात्रा अनुपतिपत्र बनाउन मंगलबार सूचना जारी गरिएको बताए । दूतावासले पहिलो चरणमा दैनिक १ सयका दरले स्वदेश फर्काउने छ ।