भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका क्रममा शंकास्पद गतिविधिमा संलग्न २ जना बंगलादेशी नागरिक पक्राउ परेको खुलेको छ । आजको नयाँ पत्रिका दैनिक लेख्छ, १९ साउनमा पशुपति मन्दिरबाट पक्राउ परेका उनीहरु अझै प्रहरी हिरासतै छन् । मोदी पशुपति मन्दिरको दर्शनमा गएका बेला शंकास्पद गतिविधि गर्ने बंगलादेशी नागरिकद्धय हसाइम इस्लाम र रियल मियाँलाई प्रहरीले पक्राउ गरेको हो । मुस्लिम धर्मावलम्बी भएपनि हिन्दू धर्मको पर्चा बाँडिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।