हराएको राहदानी पुनः भेटेर प्रयोगमा ल्याए वा अरु कसैले प्रयोग गरेमा त्यस्तो व्यक्ति विश्वको कुनै पनि अध्यागमनमा पक्राउ पर्ने भएको छ । आजको कान्तिपुर दैनिक लेख्छ, राहदानी विभागले हराएका सबै विवरण इन्टरपोलमा राख्ने प्रक्रिया मंगलबारदेखि थालेको हो ।
राहदानी हरायो भनी आवेदन दिनेको संख्या बढेपछि त्यसको नियन्त्रण र दुरुपयोग रोक्न विभागले राहदानी नम्बर नेपाल प्रहरीको सहयोगमा इन्टरपोलमा राख्न थालेको हो । सबै प्रक्रिया पुरा भो, अब हराएका सबै राहदानी नम्बर इन्टरपोलमा रहनेछ, विभागका महानिर्देशक रमेशप्रसाद खनालले भने ।