सरकारले साउन र भदौंभरिलाई खोलानाला उत्खननमा प्रतिबन्ध लगाएपनि सीमावर्ती मेची खोलामा भारतीय ठेकेदारले निर्धक्क निमार्ण सामग्री उठाइरहेका छन् । आजको नागरिक दैनिक लेख्छ, नेपाली भू भागमै आएर भारतीय ट्रकहरुले मनपरी ढंगले निमार्ण सामग्री उठाइरहे पनि नेपाली पक्षले रोक्ने पहल गरेको छैन् ।
नेपाली प्रशासन उनीहरुले भारतीय भूमिबाट मात्रै निमार्ण सामग्री झिकेको विश्वासमा ढुक्क छ । उनीहरुले भारतिय भूमिबाटै निकालेका हुन् जिल्ला प्रहरी प्रमुख एसपी शेरबहादुर बस्नेतले भने , नेपाली भुभागमा अहिले निमार्ण सामग्री निकाल्न बन्द छ । तर, प्रहरीको आँखा छल्दै भारतीय ढुवानी साधनले दैनिक १० ट्रकसम्म निमार्ण सामग्री आसारिरहेको स्थानीय बताउँछन् ।