आपराधिक व्यक्तिबाट अप्ठेरोमा परेको बेला प्रहरी अधिकारीहरुलाई सिधै सम्पर्क गर्न सकिने भएको छ ।
महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रमुख एआइजी विज्ञानराज शर्माले आफ्नै मोवाइल नम्बर नम्बर सार्वजनिक गरी खवर गर्न आग्रह गरेको समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । सर्वसाधारण तथा व्यवसायीलाई धम्क्याएर पैसा माग्ने गतिविधि नियन्त्रण गर्न एआइजी शर्माले आफ्नो मोवाइल नम्बर ९८५१२९८८८८ सार्वजनिक गरी खबर गर्न आग्रह गरेका छन् ।
शुक्रबारदेखि उनले उजुरी सुन्न हटलाइन सेवा सुरु गरेका हुन् । एआइजी शर्माका साथै प्रहरीले अन्य तीनबाट मोवाइल नम्बर पनि हटलाइनमा प्रयोगमा ल्याएको छ ।