दक्षिण भारतको केरलामा राज्य सरकारले चरणबद्ध रुपमा मादक पदार्थ (रक्सी) मा प्रतिबन्ध लगाउने योजना बनाएको छ । आजको कान्तिपुर दैनिकमा समाचार छ, राज्यमा दुव्र्यसन रोक्नका लागि अधिकारीहरुले रक्सीको बेचविखनमा रोक लगाउँदै जाने बताएका छन्।
केरलाका अधिकारीहरुले यसको सेवनले समाजमा नराम्रो प्रभाव पारेको र यसका कारण आपराधिक क्रियाकलाप पनि वृद्धि हुन सक्ने भएकाले आगामी दसवर्षभित्र राज्यमा यसमाथि प्रतिबन्ध लगाइने बताएका छन् । उनीहरुका अनुसार राज्यका विभिन्न क्षेत्रमा चरणगत रुपमा प्रतिबन्ध लगाइनेछ ।
यो विभिन्न चरणमा गरी आगामी दस वर्षभित्रमा बेचबेखनमा प्रतिबन्ध लाग्नेछ । उक्त राज्यका डान्सबारमा पनि रक्सी सेवनमा प्रतिबन्ध लाग्ने र ती बार तथा रेस्टुरेन्टहरुको लाइसेन्स पनि नविकरण नगरिने बताइएको छ ।