सर्वोच्च अदालतले समेत बदर ठहर गरिसकेको तत्कालीन कार्यकारी निर्देशकलाई पदबाट हटाउने विमा समितिको निर्णयमा अर्थ मन्त्रालयले छानविन थालेको छ । सर्वोच्चको फैसलाबाट पदमुक्त भएका विनोद अर्यालको भर्ना र अवकाश प्रक्रियाको विषयमाछानबिन गर्न अर्थमन्त्रालयका सहसचिवको संयोजकत्वमा समिति गठन गरिएकाे छ ।
गत साउन ४ गते अर्थमन्त्री स्तरीय निर्णयले मन्त्तालयका सहसचिव नवराज भण्डारीको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति गठन गरिएको छ । भण्डारीसँगै सो समितिमा अर्थमन्त्रालयकै उपसचिव नरबहादुर थापा र रामप्रसाद मैनाली छन् ।
छानबिन समितिलाई अन्य कामको साथै तत्कालिन कार्यकारी निर्दैशक अर्यालको भर्ना र अवकाश प्रक्रियाबारे विषयमा छानविन गर्न जिम्मेवारी दिइएको छ । समितिले अर्याललाई पदबाट हटाउने निर्णय गरेपछि उनी समितिको निर्णयविरुद्ध अदालत गएका थिए । तर सर्वोच्च अदालतले पनि अर्याललाई हटाउने समितिको निर्णउ सही भएको फैसला सुनाइसकेको छ । तर सोही विषयमा छानविन गर्न मन्त्रालयले छानबिन बनाएको हो । आजको राजधानी दैनिकमा समाचार छ ।