शान्ति सुरक्षा माग्दै ३ दिन अघि जिल्ला प्रशासन कार्यालयमा उजुरी गरेकी एक महिलाको विभत्सढंगले हत्या गरिएको छ । सप्तरी सिम्राहा सिग्यौन ६ बस्ने ४० वर्षीया उर्मिलादेवी मण्डलको घाँटी रेटी हत्या गरिएको हो ।
गत शुक्रबार जिल्ला प्रशासन कार्यालयमा आफ्नो ज्यान खतरामा रहेको र कुनैबेला पनि आक्रमण हुन सक्ने भन्दै उर्मिलाले गाँउकै चार पाँच जना विरुद्ध उजुरी दिँदै सुरक्षा माग गरेकी थिइन । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
गाँउकै छातापुर नहरको डिलमा घाँटी रेटेर हत्या गरिएको अवस्थामा उनको शव फेला परेको थियो । स्थानीय व्यक्तिहरुसँग उनको जग्गाको विषयमा विवाद भएको गाउँलेहरुले बताएका छन् ।राजधानी दैनिकमा समाचार छ ।