प्रहरी प्रधान कार्यालयले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई लक्षित गरेर उपत्यकाभित्र विशेष सुरक्षा योजना लागू गरेको छ ।
प्रहरी प्रधान कार्यालयको निर्देशन बमोनिम महाजगरीय प्रहरी आयुक्त कार्यायले मोदीको नेपाल भ्रमणलाइ लक्षित गरी हुन सक्ने अवाच्छित गतिविधि नियन्त्तण तथा प्रभावकारी सुरक्षा प्रत्याभूति दिलाउन विशेष सुरक्षा योजना लागू गरेको समाचार आजको कारोबार दैनिकमा छ ।
भारतीय प्रधानमन्त्री मोदी आगामी साउन १८ गते आइतबार २ दिने औपचारिक भ्रमणका क्रममा नेपाल आउँदैछन् । उच्चस्तरीय भ्रमण दलको नेतृत्व गर्दै उनी विशेष विमानबाट नेपाल आउन लागेका हुन् । उनी भोलि पल्टै स्वदेश फिर्ता हुनेछन् ।