केही दिनअघि कलंकीबाट लुटिएको १ किलो सुन महानगरीय प्रहरी वृत्त कालिमाटीमा कार्यरत सादा पोसाकका प्रहरी जवानको कपिलवस्तुस्थित घरमा फेला परेको छ । महानगरीय प्रहरी अपराध महाशाखाको विशेष टोलीले प्रहरी जवान भागिराम थारुको घरबाट सुन बरामद गरेको हो । बरामद सुन माटोमुनि लुकाइएको अवस्थामा फेला परेको छ ।
प्रहरीले लुटपाटमा सम्लग्न ३ जनालाई पक्राउ गरेको छ । स्रोतका अनुसार लुटपाटमा सम्लग्न अन्य ३ जना फरार छन् । केहीदिनअघि अज्ञात समूहले कलंकीस्थित एक व्यापारीको २ किलो सुन लुटेको थियो । कारोबार दैनिकमा समाचार छ ।