सरकारले बाराको निजगढमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निमार्ण गर्न फेरी गृहकार्य अगाडि बढाएको छ । पाँच वर्षदेखि नै चर्चामा रहेको यो विमानस्थल निमार्ण गर्न सरकारले फेरी तयारी थालेको समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।
सरकारले चालू आर्थिक आव २०७१-७१ को बजेटमा विमानस्थल निमार्ण प्रक्रिया अगाडि बढाउन ५० करोड रुपैयाँ विनियोजन गरेको छ ।
यो रकममार्फत विमानस्थल निमार्ण क्षेत्रमा रहेका अव्यवस्थित बस्तीलाई स्तानान्तरण गर्न प्रक्रिया अघि बढाइएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार विमानस्थल निमार्ण गर्न सरकार प्रतिबद्ध भएकाले यसलाई बजेटले नै सम्बोधन गरेको हो ।