आफनो सवारी साधनको कर आफैं नबुझाएर दलालको भर पर्ने कामकाजी सेवाग्राहीलाई झस्काउने नयाँ घटना सहतमा आएको छ । कर तिरिदिन्छु भन्दै मोटरसाइकल र चारपाङग्रेको ब्लु बुकसँगै रकम लिएर नक्कली कागजात देखाई ठगी गर्ने गिरोह फेला परेको छ ।
किर्ते गर्दै ठग्दै आएका आत्माराम धिमाद र सोनाम लामालाई यातायत व्यवस्था विभाग कार्यालय बागमतीबाट फत्राउ गरी सातदोवाटो प्रहरी बृतमा बुझाइएको छ । धिमाल र लामाले मोटरसाइकलको वार्षिक कर तिरिदिन्छु भन्दै सर्वसाधारणसँग पैसा र व्लु बुक लिइ किर्ते कागज देखाएर रकम खल्तीमा हाल्ने गरेको सातदोवाटो प्रहरी प्रमुख राजेन्द्रकुमार थापाले बताए ।
धितालले रिकन्डसनको समेत काम गर्दै आएका थिए । आजको कारोबार दैनिकमा समाचार छ ।