गत आर्थिक वर्षमा भारतबाट अबैध रुपमा मित्र्याइएका करिब २५ लाख चल्ला नष्ट गरिएको छ । तराईका विभिन्न नाकाबाट भित्र्याइँदै गरेका ती चल्ला स्थानीय प्रशासन, पशु, क्वारेन्टाइन, नेपाल हृयाचरी उद्योग संघ लगायत सरोकारबालाको रोहबरमा नष्ट गरिएको हो ।
विश्व स्वास्थ्य संगठनले भारतलाई बर्डफ्लु संक्रमित देशको सूचीमा राखेको छ । यस्तो सूचीमा पर्ने देशले कुखुराजन्य उत्पादन अन्य देशमा निर्यात तथा आयात गर्न पाउँदैनन् ।
तर यस्तो व्यवस्था लत्याउँदै खुला सिमानाको आडमा भारतबाट निरन्तर चल्ला आयात भइरहेको संघले जनाएको छ । १ वर्षअघि बर्डफ्लुका कारण सरकारले लाखौँको संख्यामा कुखुरा तथा चल्ला नष्ट गरेपछि यहाँको मागलाई लक्षित गरेर भारतबाट चल्ला भित्र्याई बिक्री गर्ने गिरोह नै सक्रिय रहेको उद्योगी बताउँछन् । आजको कारोबार दैनिकमा समाचार छ ।
प्रकाशित मिति: 2014-07-29 06:39:36