नेकपा एमालको नवनिर्वाचित केन्द्रीय कमिटीका दुई तिहाई सदस्य पोलिटव्युरो सदस्य हुन अयोग्य देखिएका छन् । नवौं महाधिवेशनले संशोधन गरेको पार्टी विधानको नयाँ व्यवस्थाले उनीहरुलाई अघि बढ्न छेक्छ। आजको नागरिक दैनिकमा समाचार छ ।
विधान अनुसार पोलिटब्युरो सदस्य बन्न एक कार्यकाल केन्द्रीय सदस्य रहिसकेको हुनुपर्छ । धरा ३८ ग मा केन्द्रीय पदाधिकारी र पोलिटव्युरो सदस्य हुन कम्तीमा एक कार्यकाल केन्द्रीय कमिटी सदस्य रहिसकेको हुनुपर्ने व्यवस्था छ ।
यसअघिको विधानमा पूर्ण केन्द्रीय सदस्यमध्ये जो कोही पोलिटब्युरोमा पुग्न सक्थे । विधान संशोधन भएपछि १ सय ५९ सदस्यीय केन्द्रीय कमिटीमा पदाधिकारीबाहेक ३९ जना केन्द्रीय सदस्यको मात्रै पोलिटब्युरो सदस्य बन्न योग्यता पुग्छ । बाँकी सबै पहिलोपटक केन्द्रीय कमिटी पुगेका हुन् । नयाँ विधान अनुसार ओलीको ४१ र नेपाल पक्षका २० केन्द्रीय सदस्यको पोलिटव्यरोमा उक्लन योग्यता पुग्दैन ।