शान्तिपूर्ण राजनीतिको कोर्समा प्रवेशयता पार्टीका नेता कार्यकर्तामा अध्ययन गर्ने बानी हराएको भन्दै एकीकृत नेकपा माओवादीको केन्द्रीय स्कुलिङ विभागले पाठ्यक्रमै तयार पारेको छ । नेता कार्यकर्तामा देष्टिकोणमा देखिएको समस्या हल नगरे पार्टी विद्यटनमा जान सक्ने भन्दै यस्तो पाठ्यक्रम तयार पारिएको हो समाचार आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।
माघ २०७० को सातौं केन्द्रीय समिति बैठक र वैशाख ०७१ को विराटनगर सम्मेलनले पनि शान्तिपूर्ण राजनीतिक संघर्षका सात वर्षमा पार्टी नेता र कार्यकर्तामा ह्रास हुँदै आएको निष्र्कष निकालेका थिए । पाठ्यक्रमको भूमिकामा भनिएको छ , 'मालेमावादी विज्ञानको अध्ययन, अनुसन्धान, अनुसरण र विकासको सट्टा पुरानै सत्ताको स्वार्थ, आफूभित्रै रहेको परम्परागत संस्कार र आदतको सिकार भएर क्रान्तिकारी विचार र पार्टीको विघटन हुने चुनौती बढेर गएको छ ।'