सर्वोच्च अदालतमा मुद्दाको संख्या १८ हजार नाघेका छन्।
सर्वोच्चमा गत असारसम्म १८ हजार सात सय ५७ मुद्दा पुगेका हुन्।
अघिल्लो वर्ष असारसम्म बाँकी मुद्दा १६ हजार चार सय ६६ मुद्दा थिए। आर्थिक वर्ष ०६९ ७० मा १० वर्षयताकै कम मुद्दा फस्र्योट गरेको अदालतले आव ०७०/ ७१ फस्र्योटमा सामान्य सुधार गरे पनि मुद्दाको संख्या भने घटाउन सकेन।
सर्वोच्च अदालतमा अघिल्लो वर्षको असारसम्म बाँकी रहेका १६ हजार चार सय ६६ मुद्दामा आब ०७० ७१ मा आठ हजार दुई सय १६ मुद्दा थपिएका थिए।
थपिएकासहित २४ हजार ६ सय ८२ मुद्दामा पाँच हजार नौ सय २५ मात्र फस्र्योट भएका हुन् । जम्मा मुद्दाको अनुपातमा फस्र्योटदर २४ प्रतिशत मात्र रहेको छ । आव ०६९ ७० मा अदालतमा जिम्मेवारी सरेकासहित २० हजार आठसय २५ मुद्दामा चार हजार तीन सय ५९ मुद्दा मात्र फस्र्योट भएका थिए ।आजको नयाँ पत्रिकामा समाचार छ ।