नेपाल राष्ट्र बैंकले भारतमा उपचार गराउन जानेका लागि आवश्यक पर्ने भारतीय रुपैयाँ उपलब्ध गराउने भएको छ । यसअघि भएको कसिलो व्यवस्थालाई लिएर सर्वत्र आलोचना भएपछि केन्द्रीय बैंकले खुकुलाे बनाउन लागेको समाचार कारोबार दैनिकले छापेको छ ।
औषधि उपचारका लागि नेपालका मान्यताप्राप्त डाक्टरको सिफारिसका आधारमा आवश्यकता अनुसार अधिकतम भारु ५० हजारसम्म सटही सुविधा दिने व्यवस्था थियो । अब सीमा नतोकिने प्रवक्ता भाष्करमणि ज्ञवालीले बताए ।
एकै दिन भारतका एटीएम मार्फत बढीमा १५ हजार भारु र प्रतिमहिना १ लाख सम्म झिक्न सकिने व्यवस्था पनि बैंकले गरेको छ । यस अघि दैनिक बढीमा १० हजार र मासिक १ लाख मात्र नगद झिक्ने व्यवस्था थियो ।