बजार अनुगमनमा जाने वाणिज्य विभागअन्तर्गतका कर्मचारी र उपभोक्ताहरू नै विभिन्न व्यवसायीबाट अवैध रकम लिने गरेको रहस्य खुलेको छ। केही दिनअघि विभागअन्तर्गतको जिल्लास्थित बजार संरक्षण अधिकृतको संयोजकत्वमा अनुगमन गएको टोलीले कैफियतमा भेटिएका व्यवसायीबाट अवैध रक लिएको पाइएको खबर आजको कान्तिपुरमा छापिएको छ।
मार्कामा परेको भन्दै विभिन्न उपभोक्ताले अख्तियारमा उजुरी दिएपछि वाणिज्य अधिकृतको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालय, राष्ट्रिय उपभोक्ता मञ्च र उद्योग वाणिज्य संघका प्रतिनिधि सम्मिलित टोलीले अनुगमन गरेको थियो।