नेपालबाट चोरी गरी फ्रान्सको संग्राहलयमा राखिएका दूइ मूर्ति नेपाललाई हस्तान्तरण गर्ने तयारी भइरहेको छ ।
चोरिएका दुईमध्ये १२ औं शताब्दीमा निर्मित पाटनको च्यासलहिटीबाट चोरिएको लक्ष्मी गरुड बीचमा विष्णु उभिएको ढुंगे मूर्ति र १३ औं शताब्दीमा निर्मित भक्तपुरको नासामनामा रहेको उमामहेश्वरको मूर्ति नेपाललाई फर्काउने तयारी गरिएको खबर नेपाल समाचारपत्रमा छापिएको छ ।
हाल दुबै मूर्ति पेरिसस्थित नेसनल म्युजियम अफ एसियन आर्टस गिमेमा राखिएको छ ।
नेपालको कला प्रदर्शनी भएको स्वर्ण वर्ष पुगेको अवसरमा भब्य समारोह आयोजना गरी दुवै मूर्ति नेपाललाई हस्तान्तरण गर्न लागिएको हो । तत्कालिन राजा महेन्द्रले सन १९६६ मा फ्रान्स भ्रमण गर्दा गिमे म्युजियममा पहिलो पटक प्रर्दशनी भएको थियो ।