बैंक, वित्तीय संस्थाबाट लिएको ऋण नतिरेपछि ३ हजार ७ सय भन्दा बढी व्यक्ति तथा कम्पनी कालोसूचीमा परेका छन् । बैंकबाट ऋण लिनेको संख्यासँगै नतिर्ने प्रवृत्ति पनि बढ्दै गएको कालोसूची तथ्थांकले देखाएको समाचार कारोबार दैनिकमा छ ।
बैक, वित्तीय संस्थाको सिफारिसमा कर्जा सूचना केन्द्रले ऋण नतिर्ने व्यक्ति, कम्पनी तथा संचालकहरुलाई कालोसूचीमा राख्ने र हटाउने गर्दै आएको छ ।
केन्द्र स्थापना भएको ०४६ देखि गत असारसम्ममा ऋण नतिरी कालोसूचीमा पर्नेको संख्या ३ हजार ६ सय ९९ नाघेको छ । कम्पनी संचालकसमेत गणना गर्दा कालोसूचीमा पर्नेको संख्या ५ हजारभन्दा बढी रहेको केन्द्रले जनाएको छ ।