वैदेशिक रोजगारीनिम्ति मलेसिया आउने नेपाली कामदारमध्ये हजारौं जना विभिन्न स्वास्थ्य समस्याका कारण स्वदेश फिर्ने गरेका छन् ।
नेपालमा स्वास्थ्य परीक्षण गर्दा पास भएका भनिएका कयौं मलेसिया आएपछि पुन परीक्षण गर्दा अयोग्य देखिन्छन् । बर्सेनी डेढदेखि तीन प्रतिशत नेपाली अयोग्य भइ फर्कने गरेको नेपाली दूतावासको अनुमान छ । कान्तिपुर दैनिकमा समाचार छ ।
केही महिनाअघि सार्वजनिक एक तथ्थाक अनुुसार मलेसियामा कानुनी हैसियतमा रहेका झन्डै ३० हजार जना स्वास्थ्य परीक्षण गर्दा समस्इा देखिएर फर्कने गरेका छन् । उनीहरुले रोजगारीका लागि आएको पहिलो महिनामै स्वास्थ्थ परीक्षण गराउनुपर्छ । फर्कने कामदारहरुमा नेपाल सहित बंगलादेश, इन्डोसिया, म्यानमार लगायतका छन् । उनीहरुमध्ये ७५ प्रतिशतलाई सरुवा रोग, १७ प्रतिशत धेरै पुरानो रोग र ४ प्रतिशत गर्भधारणको समस्यामा देखिन्छन् ।