उपचार गराएर मंगलबार फर्किएका प्रधानमन्त्री सुशील कोइराला आरामका लागि बुधबार दिनभर निवासमै बसे । उनले पार्टी नेता, मन्त्री र सहयोगी कसैसित पनि भेटघाट गरेनन् ।
क्यान्सर उपचारका क्रममा रेडियोथेरापी दिएको केहि दिनसम्म रोगप्रतिरोधक क्षमता कमजोर हुने भएकाले भेटघाट गर्दा इन्फेक्सन भई रोग बल्झिन सक्ने जनाउँदै चिकित्सकहरुले केही दिन पूर्ण आरा मगर्न सल्लाह दिएका छन् स्रोतले भन्यो, 'त्यसैले उहाँ केही दिन कार्यालय पनि जानु हुन्न , कुनै बैठकमा पनि सहभागी हुनुहुन्न ।'
प्रधानमन्त्रीले आराम गर्नुपर्ने भएकैले मन्त्रिपरिषद्को बिहीबार बस्ने नियमित बस्ने समेत यसपल्ट नहुने भएको छ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।