अफगानिस्तानमा मंगलबार तालिबान बिद्रोहीले आत्मघाती बम आक्रमण गर्दा दुइ नेपालीसहित चारजनाको मृत्यु भएको छ । घटनामा एक नेपालीसहिकत पाँच जना घाइते भएका छन् । मृत्यु हुने नेपालीमा मोरङ पथरीका गंगा लिम्बु र काठमाडौं चाबहिलका अनिल गुरुङ रहेको काबुलस्थित नेपाली पत्रकार सुवेल भण्डारीले ट्विटरमार्फत जनाएका छन् । अनिलको स्थानीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो भने लिम्बुको घटनास्थलमै मृत्यु भएको हो ।
मोटरसाइकलमा आएका बिद्रोहीले राजधानी काबुलमा गरेको आक्रमणमा परी अमेरिकी निर्माण कम्पनी डायनाकोरमा सुरक्षागार्ड रहेको लिम्बु र गुरुङको मृत्यु भएको हो । आजको अन्नपुर्ण पोष्ट दैनिकमा समाचार छ ।