नेपाल आयल निगमले वाणिज्य तथा आपूर्ति राज्यमन्त्री गिरीबहादुर केसीलाई अमेरिका पठाउन लागेको छ । निगमले पेट्रोलियम पाइपलाइनका विषयमा अध्ययन गराउन भन्दै मन्त्रीलाई अमेरिका भ्रमण गराउन लागेको हो ।
निगमले राज्यमन्त्री केसीलाई अमेरिका पठाउने विषयमा निर्णय लिन बुधबार बोर्ड बैठक डाकेको छ । । बोर्ड सदस्यलाई दिएको जानकारीमा राज्यमन्त्रीलाई बैठकमा पेट्रोलियम पाइपलाइनबारे अध्ययन गराउन अमेरिका पठाउनेबारे छलफल हुने उल्लेख छ ।
तर, पाइपलाइन विषयमा अध्ययन गर्न अमेरिका जान आवश्यक नरहेको निगमका एक उच्च अधिकारीले बताए । पेट्रोलियम पाइपलाइनबारे अध्ययन गर्नकै लागि अमेरिका जान आवश्यक छैन् । आजकाे नयाँ पत्रिकामा समाचार छ ।
प्रकाशित मिति: 2014-07-23 07:31:19