पूर्वराजा ज्ञानेन्द्र शाह आइतबारदेखि नागार्जुनमा बस्ने भएका छन् । पहिलो चरणमा पूर्वरानी कोमल र उनी नागार्जुन जान लागेका हुन् । करिव ३ महिना लामो बसाईका क्रममा पूर्वराजाको परिवार नागार्जुन जान लागेको हो ।
स्रोतका अनुसार पूर्वराजाले यो वर्षको दशैं तिहार नागार्जुनमै मनाउने तयारी गरेको समाचार नेपाल समाचारपत्रमा छ । करिव २ वर्षअघदेखि नागार्जुन दरबार प्रवेश नगर्नुभएका उनको परिवार आइतबारदेखि पुनः नागार्जुन छिर्न लागेको हो । पूर्वराजा ज्ञानेन्द्र नागार्जुनमा रहेसम्म उनको सचिवालय सोही स्थानमा रहनेछ ।
उनको सुरक्षा दस्ता, भान्छे अर्दली लगायतका सबै कर्मचारी दुइृ दिन अघि नै नागार्जुन जाने भएका छन् । छोरा पोरसको पछिल्लो गतिविधीबाट दिक्क भएका पूर्वराजाले पारस आउने हल्ला चलेलगत्तै आफू नागार्जुनमा बास सर्ने तयारी गरेका हुन् ।