भारतको चर्चित पर्यटकिय क्षेत्र दार्जीलिङ जिल्लासँग नेपालको सीधा हवाइ सम्पर्क काय भएको छ । भारतको बजेट एयरलाइन्स स्पाइस जेटले पश्चिम बंगाल राज्यको उक्त जिल्लामा रहेको बागडोग्रा विमानस्थलबाट काठमाडौं सीधा उडान गर्ने घोषणा गरेको आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।
सो घोषणासँगै दार्जीलिङ क्षेत्रबाट काठमाडौं आउन र काठमाडौंबाट सो जिल्लामा जाने यात्रु तथा पर्यटकलाई सहयोग पुग्ने भएको छ । सो सवमानस्थलबाट कुनैपनि एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान गरेका छैनन् । बागडोग्रा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने स्पाइस जेट पहिलो विमानसेवा बन्दैछ ।