सरकारले नेपाल आयल निगमलाई अन्तर्राष्ट्रिय बजारअनुसार महिनैपिच्छे इन्धनको मूल्य तोक्न निर्देशन दिएको छ ।
निगमको नोक्सनी घटाएर व्यावसायिक बनाउन यो कमद चालेको समाचार नागरिक दैनिकमा छ । वाणिज्य तथा आपूर्तिमन्त्री सुनिलबहादुर थापाले साउन १५ भित्रै अन्तर्राष्ट्रिय बजारअनुसार मुल्य तोक्न निर्देशन दिएपछि निगमले तयारी थालेको छ ।
'पेट्रोलियम पदार्थको स्वचालित मूलय छिट्टै कार्यान्वयनमा ल्याउने तयारी गरिहेका छौं,' निगमका कार्यकारी निर्देशक चन्द्रिकाप्रसाद भट्टले भने, 'स्वचालित प्रणालीअनुसार मूल्य तोक्ने मोडल तयार पारिहेका छौं ।' इन्डियन आयल कर्पोरेसनले महिनामा २ पटक मुल्य पठाउने गरे पनि निगमले एक महिनालाई आधार मोर मुल्य समायोजन गर्नेछ ।