डाँका पक्रन समूह बनाएर बसेका सिमरासिथत रामवनका बासिन्दाले काठ तस्करीमा संलग्न प्रहरीको समूहलाई नै पक्राउ गरेका छन् । गाउँमा डकैतीका घटना बढ्न थालेपछि सुरक्षाका लागि रात्रीगस्तीमा खटिएका स्थानीय बासिन्दाले तस्करीमा संलग्न ६ जना प्रहरीलाई आइतबारराती नियन्त्रणमा लिएका हुन् ।
राती दुई बजेतिर सालको चिरान लोठ गरेको ना २ त ३८५० नम्बरको ट्रयाक्टर र प्रहरीको ना १ झ १३३२ नम्बरको भ्यानसहित प्रहरीलाई नियन्त्रणमा लिएर सोमबार बिहान स्थानीयले पर्सा बन्यजन्तु आरक्षको जिम्मा लगाएका हुन् ।
पक्राउ परेका सबै सिमरास्थित इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी हुन् । ट्रयाक्टर प्रहरी सहायक निरीक्षक धर्मेन्द्र गिरीले चलाएका थिए भने भ्यानमा प्रहरी सहायक निरीक्षक सगिर अमहमद नेतेत्वको टोली रहेको थियो ।