आपतकालीन गर्भपतन गराएको झन्डै एक महिनापछि एक महिलाको मृत्यु भएको विषयलाई लिएर मोरङ प्रहरीले मेरीस्टोप सेन्टर इटहरीका सिनियर अफिसर डाक्टर सूर्यदेव साहलाई १० दिन हिरासतमा राखेर यातना दिएप्छि पीडित डाक्टरले मेडिकल काउन्सिलसँग गुहार मागेका छन् ।
छोरा नपाएकाले पतिबाट याताना सहँद्यै आएको भनिएको मोरङ हरैचाकी २५ वर्षीया रीता श्रेष्ठको मृत्यु भएके प्रकरणमा माइती पक्षले पति पूर्णबहादुर श्रेष्ठले हत्या गरेको आरोप लगाएको छ । गत वैशाख १२ गते गर्भपतन गराएकी रीताको जेठ ३ गते मृत्यु भएको थियो ।
प्रहरीले ज्यादती गरेको विषयमा मेकिडल काउन्सिलको केन्द्रीय टोलीले अनुसन्धान सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले भने प्रारम्भिक अनुसन्धानका क्रममा डाक्टर साह घटनामा दोषी भएको आशंकामा उनलाई पक्राउ गरेको दाबी गरेको छ । प्
रहरीले रीता एक्टोपिक प्रिगेन्सी हुदाँ पनि बच्चा ननिकाली घर पठाएको भन्दै साहलाई नियन्त्रणमा लिएको दाबी गरेको छ । अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।