संसदको निर्वाचन अध्ययन अनुसन्धान तथा छानविन संसदीय बिशेष समितिमा संविधानसभाको दोस्रो निर्वाचनमा धाँधलीका १० उजुरी परेका छन् । समितिले असार १५ गतेदेखि २५ भित्र यस्तो जानकारी उपलब्ध गराउन सूचना प्रकाशन गरेको थियो ।
एमाओवादीले निर्वाचनमा संरचनागत र सुक्ष्म धाँधली भएको जिकिर गरेको थियो । त्यसका आधारका रुपमा उसले मतपेटिका संकलन र भन्डारण प्रक्रियालाई लिएको छ । संघीय समाजवादीले समानुपातिक प्रणालीतर्फ आफूले पाउनुपर्ने सिट राप्रपा नेपाललाई थप गराएको आरोप लगाएको छ ।
एमाओवादी र मधेसीदलहरुले सुक्ष्म धाँधली भएको आरोप लगाएपछि उनीहरको माग सम्बोधन गर्न संसदले विशेष समिति गठन गरेको हो । आजको कान्तिपुर दैनिकमा समाचार छ ।