करोडौं रकमको चलखेल गर्दै कैफियत भएको चिनियाँ एमए ६० विमान नेपाल भित्रिन लागेको समाचारलाई वेवास्ता गर्दै नेपाल बायु सेवा निगमले नेपाल ल्याएको सो विमानमा कैफियतै कैफियत भेटिदाँ एक महिनादेखि विमानस्थलमै थन्किन बाध्य भएको छ।
हवाइ विभागको यो निर्णयले निकै ठूलो हो हल्ला गरेर निगमले जेठ १ गतेदेखि नियमित उडान गर्ने भनिएपनि यो विमान ह्यांगरमा थन्केर बसेको छ।
विश्वकै कुनैपनि देशमा दर्ता नभएको कारण बीमा समेत हुन नसकेको यो विमानबाट पर्यटकनमन्त्री, चिनियाँ राजूतसहित विशिष्ट पाहुनालाई लिएर अर्न्तराष्ट्रिय नागरिक उड्यन संगठन आइकाओको नियम विपरीत निगमले लुम्बिनीमा उडाएपछि निगम र विभागको समेत ठूलो आलोचना भएको थियो।
यसरी करोडौं रकम चलखेल गरी देशको ढुकुटी रित्याएर ल्याएको विमान महिनौंदिनसम्म ह्यांगरमा थन्किएर बस्दा समेत भ्रष्टाचार निर्मूल गर्छु भनी हुँकार गरेका अख्तियार प्रमुखको आखाँ नपर्नु अलिहे निगमका कर्मचारीहरुको गफको विषय बनेको छ। नेपाल समाचारपत्रमा समाचार छ ।