मेसिनको माध्ययमबाट निःशुल्क थेरापी गराउन बुटवलमा विहिबार सँझदेखि शुक्रबार विहानसम्म लाइन बसेका छन्। मिलनचोकमा केहिसमय अघिबाट सुरु भएको यस्तो प्रविधिमार्फत उपचारका लागि सर्वैसाधारण केहिदिनदेखि राति १० बजेबाट विहान ७ बजेसम्मलाइन लाग्ने गरेको आजको राजधानीमा खबर छ।
खासगरि यो उपचारकेन्द्रमा वृद्धवृद्धा तथा हाडजोर्नी तथा नशा रोगका विरमीहरूको बाहुल्यता रहेको छ। कोरीयन प्रविधिको थेरापी मेसीनले शरिरलाई हिट दिएर उपचार गरिन्छ। निशुल्क उपचार पाइने भएकाले पनि रातभरी लाइनमा बसेका देखिन्छन्।