सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको हत्याको आज एक वर्ष पुरा भएको छ। तर, हत्याको दोषी नभेटीई अनुसन्धानको फाइल बन्द भइसकेको आजको नयाँपत्रिकामा खबर छ। नेपाल प्रहरीको उच्चस्तरिय अनुसन्धान समिति तथा सरकारले गठन गरेको न्यायिक छानबिन समितिले महिर्नौ लगाएर छानबिन गरेपनि हत्याको कारण र हत्याराको विषयमा कुनै तथ्य भेटीएको छैन।
पाटनस्थित बगलामुखी मन्दिरमा दर्शन गरेर सर्वोच्च अदालत जाने क्रममा गत वर्षको जेठ १८ गते न्यायाधीश बमको हत्या भएको थियो।