रिङनेरह ४ पाल्पाका दिलबहादुर दर्जीको परिवार ६ महिनादेखि सोकमा डुबेको छ। वैदेशिक रोजगारमा गएका शिवबहादुर परियारले ओमानमा आत्महत्या गरेको महिना दिनमै घरमा श्रीमती सुमित्राले पनि आत्महत्या गरिन।
सुमित्राको अन्त्येष्टि तत्कालै भयो भने शिवको शब भने बल्ल आयो। रोजगारीको सिलसिलामा २०६८ माघमा ओमान पुगेका शिवले १० महिनापछि मात्महत्या गरेको खबर परिवारले पाएका थिए। तर, आइबक्स प्याकिङ शव शुक्रबार मात्रै नेपाल आइपुगेको छ। बुहारीको अन्त्येष्टी पहिले नै भएपनि काजकिरीया भने सँगै भएको छ।