दक्षिण कोरीयाले रोजगार अनुमती प्रणाली (ईपीएस) मार्फत नेपाली कामदार लैजान लिने कोरीया भाषा परिक्षा (केएलटी) अक्टुबरमा गर्ने तयारी गरेको छ। कोरीयाले यस वर्ष ८ हजार २ सय नेपालीलाई उतिर्ण गर्ने भएको छ।
पत्रकार भेटघाट कार्यक्रममा कोरीया मानव संसाधन विकास एचआरडी ईपियस सेन्टर नेपालका निर्देशक लि दोङ सीर्कले यस वर्षको कोरीया भाषा परिक्षा अक्टुबरमा गर्ने तयारी भइरहेको जानकारी दिएको आजको कारोबारमा खबर छ।