अन्तर्राष्ट्रिय बजारमै चिनीको उत्पादन अत्याधिक हुँदा मूल्य घटेको छ । नेपालमा समेत गतवर्ष भन्दा २२ हजार क्विन्टल चिनी उत्पादन बढेपछि मूल्य ओरोलो लागेको हो ।
गतसाता सम्म कारखाना मूल्य प्रतिकिलो ६६ रुपैयाँ रहेको चिनी ६२ रुपैयाँमा आइपुगेको नेपाल चिनी उत्पादक संघका अध्यक्ष शशीकान्त अग्रवालले जानकारी दिए । उनका अनुसार भारतमा समेत अत्याधिक चिनीको उत्पादन भएपछि मूल्य खस्केको हो ।