सबैभन्दा जेठो आरोहीको रुपमा विश्वको सर्वोच्च शिखर सगरमाथा दोस्रो पटक चढेर नयाँ किर्तीमान राख्ने अठोटका साथ आरोहणको लागि गएका मीनबहादुर सेरचनको सपना अधुरै रहेको खबर आजको राजधानीमा छापिएको छ ।
आरोहणका क्रममा छातिमा गम्भीर समस्या देखिएपछि उनको सपनामा सार्थक रुप लिन नसकेको हो । स्वास्थ्य समस्याका कारण आरोहण त्यागी उनी काठमाडौं फर्कीएका छन् ।
नेपालपर्वतारोहण संघका पूर्व अध्यक्ष एवम् एसियन ट्र्कीङका अध्यक्ष आङछिरीङ सेर्पाले आरोहणको क्रममा छातिमा गम्भिर समस्याभएपछि शेरचन आरोहण त्यागी बीच बाटोबाटै उपचारार्थ राजधानी फर्कीएको बताए । आज बुधबार दोसौ पटक सगरमाथा शिखर चढ्ने लक्ष्यका साथ आरोहणका लागि गएका थिए ।