भ्रष्टाचार आरोपमा दुईवर्षदेखि भुटानी जेलमा रहेका नेपाली इन्जिनियर यमुनाप्रसाद साह मुक्त हुने भउका छन् । उनी २२ लाख नुनड्रप अर्थात ३५ लाख २० हजार रुपैयाँ बुझाएर जेल मुक्त हुन लागेका हुन् ।
भुटानको उच्च अदालतले साहलाई मुक्त गर्न रकम भुक्तानीको लागि नेपालस्थित आफन्तलाई पत्राचार गरीसकेको पराराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।
ललितपुरमा रहेको जीईओसीई नामक कन्स्ट्रक्सन भुटानमा आवासीय इन्जिनियरको रुपमा काम गर्न पुगेका साहालाई भुटानी ठेकेदारको मिलेमतोमा फसाएर जेलमा राखिएको पीडित परिवारको दाबी छ ।
सरकारले उनको रिहाईको लागि पहल गरेपछिउनी हर्जना बुझाएर मुक्त हुन लागेका हुन् ।
साह अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा २०६८ वैशाख ८ गतेदेखि भुटानीजेलमा छन् ।